नेकपा सचिवालय बैठक निष्कर्षविहीन



काठमाडौँ, असोज २२

देशको सबैभन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता वामदेव गौतमले जानकारी दिनुभयो ।

आज बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएपनि त्यसबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो ।

आजको बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको ब्रिफिङ र स्थायी कमिटी बैठकको मिति तय गर्ने एजेण्डा थियो ।

झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News