सरकारलाई काँग्रेसले लगायो यस्तो आरोप



काठमाण्डौँ, असोज २२

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न, मुल्यबृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।

हिजो बसेकोे बैठकका निर्णय आज सार्वजनिक गर्दै काँग्रेसले आम नागरिकको मुख्य चासो बनेको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल बनेको तथा सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने जनताको अपेक्षालाई सरकारले पुरा गर्न नसकेको काँग्रेसको ठहर छ ।

उसले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगीसक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद भन्दै यसले वर्तमान सरकार विषयको गम्भीर्यताप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको उल्लेख गरेको छ ।

काँग्रेसले नेपाली जनतामाथि बढ्दै गएको पीडाप्रति गम्भीर हुँदै त्यसविरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।

काँग्रेसले निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणप्रति पनि चासो देखाएको छ । उसले एक दशक पुरानो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी भन्दै त्यसका लागि आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News