सहारा अटोको ग्राहक भेटघाट कार्यक्रम


 


उर्लाबारी (मोरङ), असोज २२

उर्लाबारी – ५ स्थित सहारा अटो मोबाईल्स एण्ड कम्पनी प्रालिले आज दशैँ तथा तिहार पर्वको अवसरमा ग्राहकहरुलाई प्रशिक्षण दिनुका साथै शूभकामना आदानप्रदान गरेको छ ।

टिभीएस कम्पनीको तिन प्राङग्रे अटोको आधिकारिक बिक्रेता रहेको सहाराले कार्यक्रममा सहभागी अटो चालक, सिटी रिक्सा चालक लगायतलाई ट्राफिक नियम लगायतका विषयमा प्रशिक्षण दिएको थियो ।

कार्यक्रममा जगदम्बा मोटर्स मोवाईल्सका पूर्वाञ्चल मार्केटिङ प्रमुख सागर घिमिरेले प्रशिक्षण दिनुभएको सहाराका प्रबन्ध निर्देशक टेकनाथ खनालले जानकारी दिनुभयो । सहारा अटो मोबाईल्सको उर्लाबारीसहित बिर्तामोड, दमक र बिराटनगरमा पनि डिलर्स रहेको छ । दशैँ तथा तिहारको अवसरमा भारतिय कम्पनी टिभीएसको अटो खरिदमा बिभिन्न अफरहरु समेत रहेको प्रबन्ध निर्देशक खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्