सुख्खाग्रस्त क्षेत्रका परिवारलाई प्रदेश १ सरकारले राहत दिने


 


बिराटनगर, असोज २३

प्रदेश १ का चार सुख्खाग्रस्त क्षेत्रका परिवारले प्रदेश सरकारबाट राहत पाउने भएका छन । प्रदेशका सुख्खाग्रस्त धनकुटाको चौबिसे गाँउपालिका, पाँचथरको तुम्बेवा र कुम्मायक गाँउपालिका र तेह्रथुमको छथर गाँउपालिकाका स्थानीयले राहत पाउने भएका छन ।

सोमबार साँझ बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयले सुख्खाग्रस्त क्षेत्रका प्रतिपरिवारलाई सात हजार पाँच सय रुपैयाँ नगद दिने भएको छ ।

यस्तैगरि, पाँचथरको तुम्बेवा गाँउपालिकामा खानेपानीको चरम समस्या समाधान गर्नलाइ खानेपानी बोक्ने एउटा ट्यांकरको लागी आवश्यक बजेट बिनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताउनुभयो । राहत कार्यक्रमको ३० प्रतिशत रकम स्थानीय सरकारले स्वामित्व लिने पनि मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री आङ्बोले बताउनुभयो ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्