काठमाण्डौँ ७ का सांसद्ले पार्टीमा बुझाए राजीनामा


 


काठमाडौं, असोज २३

काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले पदत्यागका लागि तयार भएको पत्र पार्टीमा बुझाएको स्पस्ट पार्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले आफूले सांसद पदत्याग गर्न तयार रहेको पत्र सोमबार पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिनुभएको हो ।

पार्टीले निर्णय गरेपछि सांसद पदको राजीनामा संसद सचिवालयमा बुझाउने पनि उहाँले बताउनुभयो । उक्त क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत आफूले राजीनामा दिन चाहेको पनि मानन्धरले बताउनुभयो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मानन्धर तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्