काँग्रेसमा चर्को विवाद, सिटौला पक्षद्धारा बैठक बहिस्कारको घोषणा



काठमाण्डौँ, असोज २३

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र चर्को बिवाद देखिएको छ । पार्टी सभापति शेरवहादुर देउवाले केन्द्रीय समितिको बैठकमा भातृ संगठन नेपाल बिद्यार्थी संघको उमेर हदबन्दी लागु गरेपछि अन्य नेताहरु आक्रोशित बनेका छन् ।

देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्नुहुने भएको छ ।

नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिस्कार गर्न लागिएको सिटौला निकट स्रोतले जनाएको छ । देउवा निरंकुश ढंगले अघि बढ्न लागेको भन्दै सिटौलाले हिजो साँझ रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

उहाँहरुसँगको छलफलपछि भोली बुधवार बस्ने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने सन्देशसहित सिटौला विराटनगर आउनुभएको छ । स्रोतका अनुसार सिटौला पक्षले बैठक बहिस्कार गर्नेछ ।

सिटौला पक्षको बहिस्कार घोषणासँगै रामचन्द्र पौडेल पक्ष पनि नैतिक संकटमा परेको दावी सिटौला निकट नेताहरुको छ । नेविसंघको विधानमा आंशिक संशोधन गर्दा संस्थापन पक्षले आफू इतर पक्षलाई हेरेरमात्र बहुमतको आडमा एकलौटी गरेको सिटौला पक्षको आरोप छ । कांग्रेसमा सभापतिको अधिकार कटौति गर्नुपर्ने भन्नेमा पौडेल र सिटौला पक्षको एकमत छ । तर, देउवा पक्ष सभापतिलाई थप अधिकार दिएर बिधान संशोधनको प्रयासमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News