दुर्गापुरीमा प्रदेशस्तरीय फुटवल हुने


 


उर्लाबारी (मोरङ), असोज २३

नेपालीहरुको महान् चाडपर्वको अवसरमा मोरङको उर्लाबारीस्थित दुर्गापुरीमा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक कुलझोडा युवा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

खेल संयोजक कमल फ्याकका अनुसार कार्तिक १२ गतेदेखी १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नंं १ का ८ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेताले रु २ लाख र उपविजेताले रु १ लाखसहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न १५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको र उर्लाबारी नगरपालिकाले रु ३ लाख सहयोग गरेको अध्यक्ष फ्याकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २३ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्