ए डिभिजन लिग : आज मच्छिन्द्र र च्यासल क्लब भिड्दै


 


काठमाण्डौँ, असोज २४

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मच्छिन्द्र क्लब र च्यासल युथ क्लबवीच प्रतिष्पर्धा हुँदैछ । लिगको उद्घाटन असोज १३ गते भएको भएपनि नेपाली राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप खेल्नेभएपछि दुईवटा खेल खेलाएर स्थगित गरिएको थियो ।

दशैंअघि पहिलो चरणको खेल खेलाउने उद्धेश्यका साथ पुनः सुचारु भएको लिग तीन दिन चल्नेछ । करीव ५ बर्षपछि सुरू भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण सुरू भएको २ दिनपछि नै रोकिएको थियो । प्रतियोगितामा भोली फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्