जयनगर–जनकपुर रेल सेवा मंसिरसम्म


 


काठमाडौँ, असोज २४

बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्