काँग्रेसमा चर्को विवाद : केन्द्रीय समिति बैठक स्थगित



काठमाडौँ, असोज २४

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न भोली बिहीबारलाई बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि अनिश्चितककालका लागि स्थगित भएको हो ।

अर्को बैठकको समय निश्चित नभएपनि दशैं अघि बैठक बस्न सम्भव नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए ।

यसैबीच सिटौला, सिंह र केसीपक्षको दवावपछि रामचन्द्र पौडेल पक्षले समेत केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । आज नेता पौडेलले आफू निकटका नेताहरुलाई निवासमै बोलाएर र केहीलाई टेलिफोनमा सम्पर्क गरी धारणा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News