चाडपर्वलाई लक्षित गर्दै उर्लाबारीमा बजार अनुगमन


 


उर्लाबारी (मोरङ), असोज २४

दशैँ तथा तिहार पर्वको पूर्वसन्ध्यामा उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ । नगरपालिकाले मंगलबारदेखी सुरु गरेको बजार अनुगमन अझैँ २/३ दिनसम्म जारी रहने नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।

उर्लाबारी नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी लगायतको अनुगमन टोलीले उर्लाबारी बजारका पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा व्यापारीहरुका सामान्य गल्ती पाईएकाले सुधारका लागि सुझाब दिएको नगर प्रमुख फागोले बताउनुभयो ।

नेपालीहरुको महान पर्वको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्येश्यले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्