बलात्कारमा मिल्न दबाब, २ बिघा खेत र ५ लाख नगद


 


कपिलवस्तु, असोज २५

बलात्कारमा संलग्नले पीडितलाई २ बिघा खेत र ५ लाख नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब दिएको खुलासा भएको छ । धम्की र दबाब थेग्न नसकेपछि पीडित युवती गाउँ छाडेर परिवारसहित सदरमुकाम आई पत्रकार सम्मेलन गरेकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

शिवराज नगरपालिकाकी ती युवती साताअघि बलात्कृत भएकी थिइन् । प्रहरी प्रशासनले अझै मुख्य आरोपी पक्राउ गरेको छैन । ‘बरु विभिन्न किसिमका लोभ देखाइएको छ, गाउँघरका धेरै व्यक्ति फकाउन आइरहेका छन्,’ युवतीले भनिन् ।

उनले दोषीलाई कारबाही गर्नुुपर्ने अडान लिएकी छन् । असोज १७ साँझ घरअगाडि धारामा भाँडा माझिरहेकी युवतीलाई स्थानीय रहेमान र जयफुल्ला गदीले खेतमा पुर्‍याएर करणी गरेको आरोप छ ।

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्