भोजपुरमा चालकलाई जुत्ता अनिवार्य


 


भोजपुर, असोज २५

भोजपुर जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ ।

त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुई वटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारी साधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नुपर्ने, सवारी साधनमा स्टिकर अनिवार्य राख्नु पर्ने लगायतका निर्णय गरिएको छ । यदि एक महीनासम्म पनि निर्णय कार्यान्वयन नगरे रु एक हजार जरिवाना गर्ने व्यवस्था छ । रासस

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्