आयो नयाँ खबर ! वामदेव चुनाव नलड्ने


 


काठमाण्डौँ, असोज २५

नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने हुनु भएको छ । उहाँ उप निर्वाचनमा लड्ने समाचार सार्वजनिक भएपछि चौतर्फी बिरोध भएका कारण उहाँ पछि हट्नु भएको हो ।

पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम तत्कालका लागि उपचुनावबाट सांसद बन्ने चाहनाबाट पछि हट्नु भएको हो । गौतमलाई सांसद बनाउन भन्दै सो क्षेत्रका सांसद् रामवीर मानन्धरले निर्वाचन क्षेत्र खाली गर्नका लागि राजीनामा दिने घोषणा नै गर्नुभएको थियो । उहाँले पद छाड्न तयार रहेको भनी पार्टीमा समेत पत्र दिनुभएको थियो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने तयारीको विपक्षमा देखिएपछि गौतम पछि हट्नु भएको हो । प्रधानमन्त्री ओलीले आफूसँग परामर्श नै नगरी रामवीरले राजीनामा दिने घोषणा गरेको भन्दै तिब्र असन्तुष्टि जनाउनु भएको थियो । स्रोतका अनुसार गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद गर्नुभएको थियो । नेताहरुबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निश्कर्षमा पुग्नु भएको हो ।

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्