सुनकोशीमा बस खस्यो, एकको मृत्यु


 


सिन्धुली,असोज २६

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिनुभयो ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट कठमाण्डौँतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । मृतकको सनाखत हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ । रासस

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्