सुनको भाउ बढेर नयाँ रेकर्ड, ६० हजार रुपैयाँ तोलामा कारोबार



काठमाडौँ, असोज २६

सुनको भाउले आज शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो ।

त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News