दमकको अनलाईन कम्प्युटरमा पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप !


 


दमक, असोज २७

झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

चाडपर्वको अवसरमा दमकको एसएन मार्केटमा रहेको सो सप्लायर्सले कुनै पनि कम्पनीको पुरानो ल्यापटप ल्याएर लिनोभो र डेल कम्पनीको नयाँ ल्यापट एक्सचेन्ज गर्ने अवसर ल्याएको हो । सप्लायर्सका सञ्चालक सुरज धिमालका अनुसार चाडपर्वको अवसरमा नयाँ ल्यापटप खरिदमा आकर्षक छुटका साथै उपहार पनि प्राप्त गर्नेछन् । सो एक्सचेन्ज अफर असोज २८ गतेसम्म सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्