नेकपाको सचिवालय बैठक कात्तिक ४ मा
काठमाडौँ, असोज २७
नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।
उहाँले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताउनुभयो । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।
बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो । रासस
प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार