इप्रका उर्लाबारीमा शूभकामना आदानप्रदान र सुरक्षाबारे छलफल


 


उर्लाबारी (मोरङ), २७ असोज ।

नेपालीहरुको महान् पर्व विजयी दशमी, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा आज शूभकामना आदानप्रदान तथा शान्ति सुरक्षाका विषयमा छलफल भएको छ ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा, प्रदेशसभा सांसद् कुशल साम्बा लिम्बु, उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी लगायतले शूभकामना ब्यक्त गर्दै चाडपर्वको समयमा अपनाउनुपर्ने सुरक्षाका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी एवम् पत्रकार लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले चाडपर्वको समयमा उर्लाबारी र मिक्लाजुङका १५ स्थानमा विशेष प्रहरी परिचालन गर्दै सुरक्षा अवस्था सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका – ९ का जेष्ठ पूर्व प्रहरी पदमबहादुर कार्की र उहाँकी श्रीमतीलाई टोपी, दोसल्ला र मिष्ठान्न खानेकुराका साथ सम्मान् गरिएको थियो ।

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्