काँग्रेस नेता बास्तोलाको निधन


 


काठमाडौँ, असोज २७

लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिवार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्