आज दशैँको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै


 


काठमाडौं, असोज २८

बडादशैंको पाँचौं दिन आज देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदैछ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।

शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ । यसवर्षको दशैँको टिका कात्तिक २ गते रहेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्