शान्ति युवा क्लबको अध्यक्षमा कार्की
उर्लाबारी (मोरङ), असोज २८
शान्ति युवा क्लब रतुवामाई वार्ड नं.–१० लक्ष्मीचौकको शनिबार भएको तेस्रो चुनावी साधारण सभाले बाबुराम कार्कीको अध्यक्षताका नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद रेग्मी, सचिबमा लिलाराम निरौला, सह–सचिवमा बलराम भट्टराई, कोषाध्यक्षमा समरबहादुर प्रधान तथा सदस्यहरुमा अन्जना बस्नेत, रेणुका श्रेष्ठ, सरिता दाहाल (निरौला), अर्जुृन मगराती, प्रकाशकुमार आचार्य र केदार थापा चयन भएका छन ।
सोही सभाले किशोरकुमार प्रधान संयोजक रहेको तिन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । समितिको सदस्यमा बिदुरप्रसाद निरौला र लोकबहादुर बस्नेत रहको सो क्लबले जनाएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०७५, आइतबार