नगरपालिका होस् त यस्तो ! जटिल रोगीलाई रु १५ हजार वितरण


 


मोरङ, असोज २९

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ ।

दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा आज नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणका क्रममा विष्टले आफू पनि एउटा मात्र मिर्गौला भएको व्यक्ति भएकाले दीर्घ रोगसँग लड्नका लागि मनोबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्बुदरोग पीडित शिक्षक खेमराज घिमिरेले उक्त सहयोगले ठूलो ऊर्जा मिलेको बताउनुभयो । मुटु, मिर्गौला, स्पाइनल कर्ड इञ्जुरी, अर्बुदरोग र बोनम्यारोको जटिल समस्या भएका नगरका बिरामीलाई उक्त सहयोग गर्ने निर्णय गरिएको थियो । सो निर्णयअनुसार १९ मुटुरोगी, १६ अर्बुदरोगी र सात मिर्गौला रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । रासस

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्