दसैंमा मासु खाँदा ध्यान दिनुहोस्



काठमाडौ, असोज ३०

दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।

मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।

थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा विधाननिधि पौडेल बताउँछन् । ‘सयदेखि डेढसय ग्राम मासु खाए हुन्छ । एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा हुन्छ । धेरै खाँदा हानि गर्छ ।’ डा पौडेलले भने ।

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News