टेलिकमले चाडपर्वका लागि भोलिदेखि यस्तो छुट दिदैछ, के छन् छुट ?


 


ntcकाठमाडौँ, असोज २५

नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ।
भ्वाइस कलमा १० प्रतिशत छुट

टेलिकमले जिएसएम र सिडिएमए मोबाइलको भ्वाइस सेवामा १० प्रतिशत छुट दिने भएको छ । यस अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म प्रिपेडमा प्रति मिनेट कल शुल्क १ रुपैयाँ ३५ पैसा हुनेछ भने पोस्टपेडमा ९० पैसामात्रै।
एसएमएसमा बोनस

त्यसैगरी असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ देखि मंसिर १ सम्म टेलिकमले बोनस एसएमएस दिने भएको छ। यसअघि चाडवाडमा एसएमएसमा ५० प्रतिशत छुट दिँदै आएको टेलिकमले यस पटक भने बोनस एसएमएस अन्तर्गत दिनमा जति एसएमएस गरियो त्यति नै संख्याको एसएमएस भोलिपल्ट निःशुल्क गर्न पाइनेछ। बोनस एसएमएस एक दिनभित्र उपयोग गरिसक्नु पर्नेछ। बोनस सर्ट कोड एसएमएसमा भने लागू हुने छैन।
पोस्टपेडमा ५० एमबी डाटा निःशुल्क

टेलिकमले असोज २८ देखि कात्तिक २८ गतेसम्म पोस्टपेडमा ५० एमबी डाटा निःशुल्क दिने भएको छ। प्रिपेड र पोस्टपेडमा  ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गर्न पाइनेछ। यसका लागि कात्तिक ३ गतेदेखि ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म सब्सक्रिप्सन गरिसक्नुपर्नेछ। सिडिएमएमा भने ५० रुपैयाँमा ३०० एमबी खरिद गर्न पाइनेछ। यो प्याकेज ७ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ।

ल्यान्डलाइनमा कल निःशुल्क

टेलिकमको स्थानीय टेलिफोन सेवा ल्यान्डलाइन र सिडिएमएको सि फोन पोस्टपेडमा हाल २०० रुपैयाँमा १७५ निःशुल्क लोकल कल उपलब्ध गराई आएकोमा कात्तिक महिनाको मासिक महसूलमा रु २०० मा थप १०० लोकल कल गरी २७५ कल उपलब्ध हुनेछ।
एडिएसएल र वाइम्याक्समा थप भ्यालिडिटी

कात्तिक ३ गतेदेखि कात्तिक ९ गतेसम्म एडिएसएल र वाइम्याक्सको भ्यालिडिटी सकिने ग्राहकहरुको अवधि कात्तिक १० गतेसम्म थपिनेछ। त्यसैगरी कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म भ्यालिडिटी सकिने ग्राहकहरुको मंसिर २ गतेसम्म थपिनेछ।
सर्टकोड १४०० निःशुल्क

जिएसएम मोबाइलमा ब्यालेन्स क्वेरी, एफएनएफ आदि सुविधाका लागि १४०० सर्ट कोडमा एसएमएस गर्दा प्रति एसएमएस १ रुपैयाँ लाग्ने ऐए पनि असोज २६ गतेदेखि त्यसलाई निःशुल्क गरिएको छ।
९० रुपैयाँमा सिम/रिम कार्ड

टेलिकमले हाल २०० रुपैयाँमा १०० बराबरको टक भ्याल्युसहितको सिम/रिम कार्ड उपलब्ध गराइआएकोमा मंसिर गतेदेखि ९० रुपैयाँमा ५० रुपैयाँ टक भ्याल्यु हुने गरी सिम/रिम कार्ड बिक्री हुने भएको छ। २०० रुपैयाँको टक भ्याल्यु भएको सिम/रिम कार्ड असोज ३० गतेसम्म एक्टिभेट गर्नुपर्ने टेलिकमले बताएको छ। त्यसपश्चात् भने सिम/रिम कार्डको टकभ्याल्यु ५० रुपैयाँ नै हुनेछ।

प्रकाशित मिति: २५ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्