छुर्पीको निर्यात बढ्यो


 


ताप्लेजुङ, कात्तिक ३

पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बड्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ ।
पहिला कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले विदेशी बजारमा कुकुरको आहारा बनेको छ ।

चौंरी गाइ र गाइको दुधबाट बनाइने छुर्पी आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा ८० करोड ३ लाख २४ हजारको निर्यात भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । ५ लाख ३९ हजार २ सय ८० किलो बाहिरिँदा नेपाललाई यती आम्दानी भएको हो ।

अघिल्लो वर्षको तुलनामा भने यो झण्डै दोब्बरले बढी हो । अघिल्लो आर्थिक वर्षको १२ महिनामा ५२ करोड निर्यात भएको थियो । छुर्पीकालागि अहिलेसम्मको सबैभन्दा ठुलो बजार अमेरिका भएको छ । अमेरिकाले ७२ करोड ६० लाख ९४ हजारको खपत गरेको छ । कुकुरको खाद्यान्नकालागि लगिएको छ । यो प्रयोजनकालागि इलाममा त प्रशोधन गर्ने केन्द्रनै खुलेका छन ।

इलाममा उत्पादन हुने छुर्पी काठमाडौंमा प्रशोधन गरिन्छ र विदेश निर्यात गरिन्छ । किसानले ४५ दिनसम्म लगाएर तयार पार्ने छुर्पी प्रशोधनका लागि काठमाडौंमा थप छ महिना राखिन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्