पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


 


नवलपरासी, कात्तिक ४

पूर्वी नवलपरासीको मध्यविन्दु – ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३९ जना घाइते भएका छन् ।

सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा आज बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परेका घाइते ३३ जनालाई उपचारका लागि नारायणगढ पठाइएको र ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्