नेकपाको सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने


 


काठमाडौँ, कात्तिक ४

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो ।

बैठकमा प्रदेशका नेतृत्व सिफारिस, सरकारका कामकारबाहीलगायतका विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालको गुनासोले प्रवेश पाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा नेपालको विषयले प्रवेश पाउने एक नेताले बताएका छन् । बैठकमा पार्टीको तल्ला कमिटी एकीकरणअन्तर्गत जिल्लाको एकीकरणका सन्दर्भमा प्रदेश नेतृत्वले गरेको गृहकार्यका विषयमा छलफल हुनेछ ।

यसैगरी बैठकले आगामी १२ र १३ गते बस्ने स्थायी समितिको बैठकका लैजाने एजेण्डाका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सरकारको मूल्यांकनसम्बन्धी एजेण्डाले प्रवेश पाउने बताइएको छ । त्यसपछि केही मन्त्रीहरू परिविर्तन हुनसक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्नसक्ने संकेत गर्नुभएको थियो ।

प्रकाशित मिति: ४ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्