दुई छोराको हत्या पछि आत्महत्या


 


कलैया, कात्तिक ४

बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताउनुभयो ।

मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्