दशैंमा सवारी दुर्घटनामा चितवनमा १० को मृत्यु



चितवन, कात्तिक ४

दशैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए ।

उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौंरका अनुसार नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् । दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २०लाई नियन्त्रणमा लिई कारवाही गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News