नेकपाको बैँठक आज पनि बस्दै



काठमाडौं, कार्तिक ५

नेपाल कम्युनिस्ट पार्टीको हिजो साँझ बसेको सचिवालय बैठकले रामवीर मानन्धरको राजीनामा प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले रामवीरलाई राजीनामा दिन लगाउने निर्णय स्थगित गरेको हो । काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य मानन्धरले गतहप्ता पत्रकार सम्मेलन गरी राजीनामा दिनका लागि पार्टीसमक्ष प्रस्ताव पेस गरेको घोषणा गर्नुभएको थियो ।

नेकपाका नेता वामदेव गौतमका लागि उहाँले ठाउँ खाली गरिदिन राजीनामा दिने घोषणा गर्नुभएको थिया । तर नेकपा सचिवालय बैठकमा लामो छलफलपछि मानन्धरको राजीनामा स्वीकृत नगर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा नेता गौतमले उपनिर्वाचनमा नजाने पनि बताउनु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बाँकी एजेन्डाका विषयमा आज दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल गर्ने गरी हिजोको बैठक टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News