आजदेखी दैनिक २० हजार स्मार्ट कार्ड छपाई हुने


 


काठमाण्डौँ, कात्तिक ६

स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) आजदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ ।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । मालिका इन्कर्पाेरेटेड प्रालिले आजबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्