पाँचथरमा पेट्रोलको अभाव


 


पाँचथर, कात्तिक ६

दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो ।  यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् ।

झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्रोल छैन भन्छन् बाहिर गयो कतै पाइँदैन अब कसरी जाने हो, दोधारमा परियो ।”

उहाँ मात्रै नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् । कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयबासीको गुनासो छ ।  रासस

प्रकाशित मिति: ६ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्