नेकपाको सचिवालय बैठक आज पनि



काठमाडौं, कात्तिक ७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति, वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।

सचिवालय बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन एजेन्डा प्रस्तावित छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको बैठकमा पार्टी एकताको एजेन्डामा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सोमबारको बैठकमा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धी निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नोट अफ डिसेन्ट दर्ज गराएका थिए ।

उनीहरूले राखेको असहमतिबारे स्थायी समितिमा पनि छलफल गर्नेगरी बैठकले प्रदेश नेतृत्व चयनसम्बन्धी ५ असोजमा बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्ने सोमबारको बैठकले निर्णय गरेको थियो । १२ र १३ कात्तिकमा नेकपाले स्थायी समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News