नगर विकास गर्न मन्त्री ढकालसँग माग



मोरङ, कात्तिक ७

मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग बेलबारी नगरपालिकाका बासिन्दाले नगरको समग्र विकासमा चासो राख्न माग गरेका छन् ।

मन्त्री ढकाललाई आज बेलबारीको दुई स्थानमा भएका कार्यक्रममा स्थानीयवासीले भेटेर विकासका आयोजनामा सघाउन आग्रह गरेका हुन् ।

स्थानीयवासीले बाहुनीको पेट्रोलखानी उत्खनन, सिमसार क्षेत्र प्रवद्र्धन, चिसाङ खोला तटबन्ध, वृद्धभत्ताको रकमवृद्धि, बसोबासको समस्या समाधान, सडक तथा पुल निर्माणलगायतका माग राखेको नेकपाका युवा नेता रवीन थापाले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री ढकालले निर्वाचनमा आफूले गरेका प्रतिवद्धता पूरा गर्ने विश्वास दिलाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News