उदयपुरमा वृद्धामाथि कुटपिट



उदयपुर, कात्तिक ७

उदयपुरको उदयपुरगढी गाउँपालिका–५ मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले आज मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलोज गरेर दिसापिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ ।

पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताउनुभयो । वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News