भारतीय कम्युनिस्ट पार्टीका महासचिव आज नेपाल आउँदै



काठमाडौँ, कात्तिक ८

नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै हुनुहुन्छ ।
यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News