नेकपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं, कात्तिक ८

हिजो स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बिहान बस्दैछ । हिजो अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय संगठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद र सरकार सन्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News