इटहरीका ग्रामिण क्षेत्रमा कालोपत्रे गर्न काम सुरु



सुनसरी, कात्तिक ८

इटहरीको ग्रामिण क्षेत्रका मूल वाटोहरु तीन बर्ष भित्रमा कालोपत्रे गरिसक्ने गरि काम तिव्र वनाइएको छ । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका मुख्य वाटोहरु तीन बर्षमा कालोपत्रे गरिसकेर राजमार्ग र शहर सँग जोडिने छन ।

यसैक्रममा इटहरी वडा नम्वर १८,१९र २० को वडहरा,डकाहा,पटेरवा,अमाह र मौहौलिया हुदै जनसहयोग उच्च मावि जोडने वाटोको सर्भै सम्पन्न गरेर ठेक्का लाग्ने क्रममा रहेको छ । सो वाटो वहुवर्षीय योजनामा निर्माण गर्ने कार्यपालिकाको वैठकले निर्णय गरिसकेको छ । यस बर्ष सो वाटोको लागि ६४ लाख रकम छुटयाइएको छ । करिव ७ करोडमा तीन बर्षमा सो वाटो कालोपत्रे हुनेछ ।

वाटोको ग्राभेल स्थानीयवासीले गर्ने मेयर द्धारिकलाल चौधरीको उपस्थितिमा भएको भेलाले निर्णय गरेको छ । कालोपत्रे भने उपमहानगरपालिकाले गर्नेछ । यसैबिच ७,९ र १४ नम्वर वडाका कालोपत्रे गर्नुपर्ने योजनाको सर्वेडिजाइनका लागि प्राविधिक सहितको टोलीका साथमा मेयर चौधरीले नीरिक्षण गर्नुभएको छ ।

ती वडाका वाटोमा एकिकृत योजनाका रुपमा कालोपत्रे गरिने उहाँले वताउनुभयो । यसैगरी रामधुनी र इटहरीको सिमानामा पर्ने झुम्का लगौना हुदै कुमरखोद सिरान सम्मको ७ किलोमिटर वाटो स्थानीयवासी आफैले ग्राभेल गर्ने निर्णय गरेका छन । मेयर द्धारिकलाल चौधरीले प्रदेश र संघीय सांसदहरुसँग सांसद विकास कोषको रकमवाट कालोपत्रेका लागि अनुरोध गरिने स्थानीयलाई वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News