प्रचण्ड शुक्रवार भारत जाँदै



काठमाडौँ, कात्तिक ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जानु हुने भएको छ । इण्डिया फाउण्डेसनको पाँचौँ कन्केलेभमा आतिथ्यता ग्रहणका लागि उहाँ भारत जान लागेका प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार विहान भारत प्रस्थान गरेर उहाँ सोही दिन साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ । शुक्रबार विहान ९ बजे भारत प्रस्थान गर्ने प्रचण्ड साँझ ८ बजे फर्किनुहुनेछ ।

प्रचण्डले फाउण्डेसनको कन्केलेभलाई सम्बोधन गर्नुहुनेछ । उहाँले नागरिक घोषणापत्र र विचारको बहसकाबारे बोल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News