निर्मला पन्त प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त



काठमाडौँ, कार्तिक ८

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई आज बर्खास्त गरेको छ ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टसहितका प्रहरी अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।

दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए । दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको गृहको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News