नेपाल कम्युनिस्ट पार्टीको नाममाथिको विवादमा आज निर्णय हुने



काठमाण्डौँ, कात्तिक ९

नेपाल कम्युनिस्ट पार्टीको नाममाथिको विवादमा निर्वाचन आयोगले आज निर्णय सुनाउने भएको छ । आयोगले हिजो निर्णय सुनाउने भनिए पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय नगरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले निर्णय आज गरिने जानकारी दिनुभयो । ‘सबै प्रक्रिया पूरा भइसकेको छ, आयुक्तज्यूहरुले कानुनी परामर्शहरु पनि सबै सक्नुभयो’ उहाँले भन्नुभयो ‘निर्णय आज हुनेछ ।’ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामको छुट्टै पार्टी दर्ता थियो ।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो । उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News