सत्तारुढ नेकपालाई निर्वाचन आयोगको वैधानिकता



काठमाण्डौँ, कार्तिक ९

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई वैधानिकता दिएको छ ।  साविक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि आयोगमा पहिल्यैदेखि उक्त नामको पार्टी दर्ता रहेको भन्दै ऋषि कट्टेल पक्षले आयोगमा निवेदन दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहलको इजलासले आज दुई दलको फरक–फरक अस्तित्व देखिएको भन्दै कट्टेलको निवेदन खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले सत्तारुढ दलको कोष्ठभित्र नेकपा रहेकाले फरक पहिचान कायम हुने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News