क्यान्सर सूचना केन्द्रको सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता



उर्लाबारी, कात्तिक ९

मोरङका ६ वटा स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरुले क्यान्सर सूचना केन्द्रको सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

आज क्यान्सर सूचना केन्द्र उर्लाबारीले आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा अभिमुखीकरण गोष्ठीको उदघाटन समारोहमा स्थानिय तहका प्रमुख तथा उप–प्रमुखहरुले क्यान्सर जस्तो प्राणघातक रोगको रोकथामको लागि आ–आफनो स्थानिय तहमा अभियाननै संचालन गर्ने बताउदै बजेट बिनियोजन गरी कार्य समेत गर्ने बताएका छन ।

सो सूचना केन्द्रका संयोजक तथा अरनिको हस्पीटल प्रालि उर्लाबारीका प्रवन्ध/निर्देशक चिरञ्जीवी चुडालको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी फागो सहित रतुवामाई नगरपालिका प्रमुख रविन राई, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला(पोख्रेल), मिक्लाजुङ तथा कानेपोखरी गाउ कार्यपालीकाका प्रमुख देवीप्रसाद आचार्य र ताराबहादुर काफले, पथरीशनिश्चरे नगरपालीकाका प्रमुख दिलीपकुमार राईले यसअघि सम्म क्यान्सर भए नभएको चेकजाचको लागि चितवनको भरतपुर क्यान्सर अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएकोमा खुशी व्यक्त गर्दै क्यान्सर सूचना केन्द्रलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा केन्द्रका संयोजक चुडालले क्यान्सर रोग रोकथामको लागि एक बर्ष अघि देखि गरिएका अभियान, सूचना केन्द्रको स्थापनाको उदेश्य, रोग लाग्न सक्ने कारणहरुका बिषयहरुमा अवधारण–पत्र पेश गर्नुभएको थियो भने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुुख तोयानाथ घिमिरे, केन्द्रकी सचिब नरमाया बस्नेतले सावधानका बिषयमा प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News