कारको ठक्करबाट महिलाको मृत्यु



सप्तरी, कात्तिक १०

सप्तरीको कञ्चनरुप नगरपालिका–२ स्थित सडकखण्डमा कारको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ७५ वर्षीया बुलबुलदेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बा१५च ८११६ नंको कारले सडक पार गर्ने क्रममा महिलालाई ठक्कर दिएको थियो । यता ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News