खेलकूद क्षेत्रमा लगानी गर्नपर्ने : प्रवक्ता शर्मा



पाँचथर, कात्तिक १०

नेपाल तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आजबाट पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलकूद क्षेत्रमा राज्यले लगानी गर्नसके युवा खेलकूदप्रति आकर्षण हुने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा हिलिहाङलाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङका लागि पहिलो हाफको २७ आँै मिनेटमा सोमकुमार राई र दोस्रो हाफको ३८आँै मिनेटमा सुनील राईले गोल गरेका थिए ।

यस्तै हिलिहाङका रोधन सुहाङले दोस्रो हाफको ५०आँै मिनेटमा आत्मघाती गोल गरेका थिए । आजको खेलमा मिक्लाजुङको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरेका मेहरमान खवास ‘म्यान अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १६६ र उपविजेताले नगद रु ५१ हजार १६६ राशि प्रदान गरिने नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनुभयो । आगामी कार्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News