घाँटी रेटेर बृद्धको हत्या



बारा, कात्तिक ११

बाराको कलैया उपमहानगरपालिका–२३ कोइरी टोलमा गएराति एक वृद्धको घाँटी रेटी हत्या भएको छ । ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जनाएको छ ।

श्रीमतीसहित गोठमा बस्दै आएका नन्दलाल घर नजिकैको आँपको बोटमुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभयो । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रवक्ता राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News