प्रधानमन्त्री ओलीले राजपा नेता ठाकुरलाई भेट्दै



काठमाडौं, कात्तिक ११

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आज भेटवार्ता गर्नु हुने भएको छ ।

राजपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नुहुनेछ । राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ ।

पार्टीले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News