कांग्रेसमा किचलो, केन्द्रीय समितिको बैठक बोलाउन दबाब



काठमाडौँ, कात्तिक ११

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन नेतृत्वमाथि दबाब बढेको छ । विधान टुंग्याउन भइरहेको ढिलाइले महासमितिको बैठक नै प्रभावित हुने आशंका बढिरहेका बेला तत्काल बैठक बोलाउन दबाब बढेको हो ।

विधानलाई अन्तिम रुप दिएर महासमितिको बैठक सुनिश्चित गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो । नेपाल विद्यार्थी संघमा उमेर हद तोक्दा नेताहरुबीच विवाद बढेपछि पछिल्लो पटक बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

अहिले पनि शीर्ष नेताहरुबीच यो विषयमा सहमति जुट्न सकेको छैन । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित बैठक बोलाउन अब थप ढिलाई भए महासमिति नै प्रभावित हुने देखिएको छ ।

कांग्रेसले महासमिति बैठक मंसिर ५ देखि काठमाडौंमा गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News