समृद्धिका लागि प्रदेश सरकार दत्तचित : मुख्यमन्त्री राई



विराटनगर, कात्तिक ११

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताउनुभएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । सुशासन र शान्ति कायम गरेर विकास र समृद्धि ल्याउन उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश सरकारको चाहनालाई पूरा गर्न जनताको जिम्मेवारीसमेत रहेको भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने विश्वास दिलाउनुभयो । “अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पुर्याउँछ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार गम्भीर एवं संवेदनशील छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समुदाय र प्रहरी साझेदारी कार्यक्रमबाट शान्तिसुरक्षा र सुशासन कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रहरी र समुदाय एक अर्काको पूरक भएको चर्चा गर्नुभयो । सो अवसरमा प्रदेश प्रहरी प्रमुख केदार रिजालले अपराधको बेलैमा पहिचान गरी समाधानको उपाय खोज्न समुदाय र प्रहरी साझेदारी कार्यक्रम फलदायी हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News